Connect with us

सोनिकाले खुलाईन् पारश शाह सँगको सम्बन्धको स्पष्टीकरण, पारस हिमानीलाई छोडेर सोनिकासँग मक्ख(भिडियो हेर्नुहोस )

विवादित युट्युबर सोनिका रोकायसित पूर्वयुवराज पारस शाहको निकटताको चर्चाले अहिले सामाजिक सञ्जाल तातेको छ । पछिल्लोपटक भाइरल बनेको एउटा टिकटक भिडियोले उनीहरुको सम्वन्धमाथि थप कौतुहल जन्माएको छ ।परिवारबाटसमेत बहिष्करणमा परेका पारस केही महिनादेखि सोनिकासँग देखिन थालेका हुन् । लामो समयदेखि उनको पत्नी हिमानीसँग सम्वन्ध बिग्रेको छ । यसबीचमा उनी केही समय थाइल्यान्डमा थाई युवतीसँग प्रेममा परेका थिए । युट्युबमा छाडा अन्तरवार्ता लिएर चर्चामा आएकी सोनिकाले पारसलाई पृष्ठभूमिमा देखाएर टिकटक भिडियो बनाउने गरेकी छन् । पारससँग निकटता झल्किने केही तस्वीर पनि उनले बाहिर ल्याएकी छन् ।

अहिले सार्वजनिक भएको भिडियो चाहिँ अरु कसैले खिचेका हुन् । यसमा पारसले आफ्नो मोटरसाइकलमा सोनिकालाई राखेर कुदेको देखिन्छ ।यो भिडियोलाई लिएर सामाजिक सञ्जालमा विभिन्नथरी प्रतिक्रिया आइरहेका छन् । कतिपयले पूर्वयुवराजको घर बिगारेको भन्दै सोनिकालाई गाली गरेका छन् भने कतिले हिमानी जस्ती श्रीमती हुँदाहुँदै अन्य युवतीसँग हिमचिम गरेको भनेर पारसलाई गाली गरेका छन् ।पोखरामा खिचिएको भाईरल भिडियो र पारससँगको सम्बन्धबारे पोखरामै रहेकी सोनिकासँग अनलाइनखबरले टेलिफोनमा कुराकानी गरेको छ । भिडियो हेर्नुहोस

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.