Connect with us

मकवानपुरमा घट्दै डेङ्गु रोगको प्रभाव

हेटौँडा, २४ असोज : मकवानपुर जिल्लाको केही गाउँपालिका, थाहानगरपालिका र हेटौँडा उपमहानगरपालिका क्षेत्रमा अहिले डेङ्गु रोगको प्रभाव घट्दै गएको छ । मकवानपुरमा गत साउनको पहिलो हप्तादेखि यही असोजको २३ गतेसम्म एक हजार ६०० डेङ्गु रोगीको उपचार भइरहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । रोगीको काठमाडौँ, ललितपुर, चितवनको भरतपुर र हेटौँडाको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । डेङ्गु करीब ३० प्रतिशत बिरामी सम्बन्धित चिकित्सको परामर्शअनुसार, घरमै बसेर उपचार गराइरहेको हेटौँडा उपनगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख सुपेन्द्र कार्कीले बताउनुभयो । सो रोगले मकवानपुरको मनहरी, भीमफेदी, बकैयाँ, बाग्मती, राक्सिराङ गाउँपालिका, थाहानगरपालिका र हेटौँडा उपमहानगरपालिकाको विभिन्न वडा प्रभावित भएको थियो ।

हेटौँडा उपमहानगरपालिका, स्वास्थ्य कार्यालय मकवानपुर र प्रदेश स्वास्थ्य निर्देशानालयको संयुक्त आयोजनामा डेङ्गु रोगबाट प्रभावित भएका टोलका घरघरमा जनचेतना परिचालन गरी अनावश्यक जमेको पानी नियन्त्रण गरी लामखुट्टेको प्युपा र लाभा नष्ट गर्ने अभियानलाई तीव्रता दिएको कारणबाट रोगको प्रभाब घटेको हेटौँडा उपमहानगरपालिका हरिबहादुर महतले जानकारी दिनुभयो  बिरामीलाई तत्काल रोगको पहिचान गर्न लागि हेटौँडा उपमहानगरपालिकाले निःशुल्क किट उपलब्ध गराएको हेटौँडा उपमहानगरपालिकाका कार्यकारी अधिकृत भगवान अर्यालले बताउनुभयो । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.