Connect with us

महिला सशक्तीकरणका लागि चेम्बरको तीज मेला

काठमाडौँ, ७ भदौ : नेपाल चेम्बर अफ कमर्श नेपालको आयोजनामा ‘दोस्रो तीज व्यापार मेला–२०७६’ शुक्रबारदेखि शुरु भएको छ । मेलाको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अष्टलक्ष्मी शाक्यले उद्घाटन गर्दै महिलालाई सक्षम, उद्यमी र व्यवसायी बनाए मात्र मुलुकको विकास निर्माणमा सहयोग पुग्ने बताउनुभयो ।

उहाँले महिलाले आफू उद्यममा लाग्न आफैँ क्रियाशील रही आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो । चेम्बरका कार्यवाहक अध्यक्ष राजेन्द्र मल्लले मेलाले महिलामा थप ऊर्जा थप्ने बताउनुभयो । महिला चेम्बर अफ कमर्शका अध्यक्ष उर्मिला श्रेष्ठले महिला सशक्तीकरणका लागि मेलाको आयोजना गरिएको जानकारी दिनुभयो । मेलामा महिलाले आफैँले उत्पादन गरेका ५० कक्ष राखिएको छ ।  (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.